अमृत र पाटन सीएसआईटी कप टी– २० काे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२५
  • |
  • 216 पटक हेरिएको

अमृत साइन्स क्याम्पस र पाटन बहुमुखी क्याम्पस आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा आइतबार सेमिफाइनल प्रवेश गरेका छन् ।

अमृतले प्राइमलाई ७ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङमा उत्रेको प्राइमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ७८ रन बनायो । प्राइमका श्रृजल मानन्धरले २६ रन जोडे । जवाफमा अमृतले १२.३ ओभरमा ३ विकेट क्षतिमा लक्ष्य भेटायो ।

अनुराग घिमिरेले २७ स्कोर गरे । अर्को खेलमा पाटनले आयोजक न्यु समिट कलेजलाई ६० रनले हरायो । पाटनले ७ विकेट क्षतिमा १ सय ३१ रन जोड्यो । हिमाल ज्ञवालीले ३७ रन बनाए ।

न्यु समिट ७ विकेट गुमाउदै ७१ रनमा अलआउट भयो । किरण पोखरेलले २२ रन जोडे । उक्त खेलसंगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा अमृतको भेट पाटनसंग हुने छ भने एमेडेमियाले भक्तपुरको सामना गर्ने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey