मानबहादुर र  दिलको जाेडीलाई टु ‘ए’ साइड भलिबलकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२४
  • |
  • 262 पटक हेरिएको

आयोजक न्युटन पब्लिक स्कुल ‘बी’ का मानबहादुर श्रेष्ठ र  दिल सुनारको जोडी प्रथम न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । उनीहरु दुवै जना न्युटन स्कुलका पुर्व विद्यार्थी हुन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) को बिच भलिबलको समेत जोडी रहेको मानबहादुर र दिल सुनारको जोडीले गण्डकी प्रदेशका सन्जुविक्रम शाह र होम पुनको जोडीलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।

न्युटन पब्लिक स्कुलको कोर्टमा शनिबार भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा न्युटन ‘बी’ ले गण्डकी प्रदेशमाथि १८–२५, २५–१९, १९–२५, २१–२५ र १५–५ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । शनिबारै एपीएफका विजय थापा र राजकुमार निरौलाको जोडीले ढोरपाटनका मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २५–१९ र २५–२२ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो ।

उपाधिसँगै न्युटन ‘बी’ ले ७० हजार ७ सय ७७ रुपैया हात पार्‍यो । दोस्रो भएको गण्डकीले ४० हजार ४ सय ४४ रुपैयामा चित्त बुझायो । तेस्रो भएको एपिएफले २० हजार २ सय २२ रुपैया प्राप्त गर्‍यो । न्युटन ‘बी’ का दिल सुनार प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ३ हजार ५ सय रुपैया हात पारे । विजयी टोली तथा खेलाडीहरुलाई बाग्मती प्रदेश प्याब्सनका अध्यक्ष थकिन कुमार गुरुङ र विद्यालयका प्रिन्सिपल राम केसीले पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा १६ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका आयोजक न्युटनका प्रिन्सिपल समेत रहेका नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीले जानकारी गराए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey