महिला भलिबलमा त्रिभुवन आर्मी तेस्रो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२१
  • |
  • 653 पटक हेरिएको

बाँके, २१ फागुन । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलमा तेस्रो स्थान हात पारेको छ । नेपालगञ्ज रंगशालामा बुधबार भएको खेलमा न्युडायमण्ड स्पोर्टस क्लबलाई सिधा सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।

आर्मीले पहिलो सेट २५–२१ ले जितेको थियो । दोस्रो सेट २५–२० ले जितेको आर्मीले तेस्रो सेट पनि २५–२० का साथ जीत निकाल्न सफल भयो । तेस्रो स्थानमा रहेको आर्मीले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने छ ।

उपाधिका लागि पुलिस र एपीएफ भिड्दै छन् ।  प्रतियोगिताको विजेताले २ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले १ लाख रुपैया प्राप्त गर्ने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey