महिला क्रिकेटर काशबीले बनाइन् नयाँ रेकर्ड, विपक्षीका सबै विकेट पोल्टामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१४
  • |
  • 341 पटक हेरिएको

काठमाडौं, १४ फागुन । एक दिवसीय क्रिकेटमा विपक्षीका दशका दश विकेट लिने काम चुनौतीपूर्ण नै हुन्छ । तर भारतीय युवा बलरले यो रेकर्ड बनाएकी छिन् । उनले ४.५ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १२ रन दिएर सवै दश विकेट नै हात पारिन् ।

चन्डीगढका तर्फबाट खेल्ने काशवी गौतमले यो रेकर्ड बनाएका हुन् । उनले मंगलबार कडप्पा आन्ध्र प्रदेशस्थित केएसआरएम कलेज मैदानमा महिला अन्डर नाइनटीन एक दिवसीय ट्रफीमा अरुणाचल प्रदेशका सवै खेलाडीलाई आउट गरिन् । १० विकेट लिँदा ह्याट्रिकसमेत सामेल छ ।

उनको विकेटको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले भिडियो शेयर गरेको छ । चन्डीगढ टिमले टस जितेर पहिला ब्याटिङ गर्दै ४ विकेटको नोक्सानीमा १८६ रन बनाएको थियो ।

काशबीको ब्याटबाट सर्वाधिक ४९ रन पनि बनेको थियो । १८७ रनको लक्ष्य पछ्याएको अरुणाचल २५ रनमा अल आउट भयो । काशबीले लगातार विकेट लिएपछि ८.५ ओभरमा २५ रन बनाउँदै अल आउट भयो । काशवीले ४.५ ओभर बलिङ गर्दा १२ रन खर्चिएकी थिइन् । उक्त खेलमा चन्डीगढ १६१ रनले विजयी भयो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey