रोयल यु–२३ बास्केटबल सोमबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१०
  • |
  • 218 पटक हेरिएको

रोयल स्पोर्ट्स सेन्ट्रलको आयोजनामा प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकसहित ९ टिमको सहभागिता रहने रोयलका सञ्चालक मध्येका एक नृपेश श्रेष्ठले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा जेभियर इन्टरनेसनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी र गोल्डेनगेट रहेका छन् । समूह ‘बी’ मा बापेक (BAPEC), आयोजक रोयल, कास्की र बूढानीलकण्ठ छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । प्रावधान पुगेका राष्ट्रिय खेलाडीले पनि प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

प्रथम हुने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

साताव्यापी प्रतियोगिताका खेलहरु ललितपुरको सानागाउँस्थित रोयलको आफ्नै हलमा हुने छ । नृपेशसहित सफल राष्ट्रिय बास्केटबल खेलाडीद्वय विनोद महर्जन र रविन खत्रीले रोयल सञ्चालन गरिरहेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey