मनाङद्वारा पुलिस २-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२८
  • |
  • 166 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा मनाङले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

सातदाेबाटाे स्थित एन्फा मैदानमा भएकाे खेलमा मनाङले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो। खेलको ३२ औं मिनेटमा आदित्य चौधरीको लामो पास अन्जन राईले क्लियर गर्न नसकेको बलमा विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए।

४३ औं मिनेटमा अन्जन विष्टको गोलमा मनाङले अग्रता दोब्बर पा¥यो। अन्जनले निशान लिम्बुको पासमा हेडमार्फत गोल गरेका थिए।

मनाङ ७ खेलमा जित, ४ मा बराबरी र १ मा हार भोग्दै तेस्रो स्थानमा छ। मिश्रित खेल पस्कँदै आएको पुलिस क्लब भने ५ मा जित २ मा बराबरी र ५ मा हार भोग्दै १७ अंकसहित छैठौं स्थानमा छ।

मनाङले गत संस्करण संकटा क्लबलाई हराउँदै आठौ पटक लिगको उपाधि उचालेको थियो। यो संस्करण राष्ट्रिय टोलीका खेलाडीसहित अन्य भरपर्दा खेलाडीले छाडेपछि केही कमजोर आकलन गरिएपनि लिगमा सशक्त प्रर्दशन गर्दै आएको थियो।

यसअघि मनाङले ०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२, ०७० र २०७५ सालमा भएको लिगको उपाधि जितेको थियो।

लिगको उपाधिका लागि भने शीर्षस्थानको त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey