डेढ वर्षपछि सुवासको कमब्याक, अपेक्षा धेरै, तयारी कम

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२४
  • |
  • 268 पटक हेरिएको

सुबास खकुरेल चोटका कारण करिव १५ महिना क्रिकेटबाट टाढा रहे । यो बीचमा अरुले मात्र होइन स्वयम सुबासलाइ नै लागेको थियो सायद अब क्रिकेट करियर सकियो । तर उनले हिम्मत देखाउदै डेढ महिना अघि सम्पन्न पोखरा प्रिमियर लिग मार्फत पुनरागमन गरे । सो वेला क्रिकेट खेल्न सक्छु भन्ने विश्वास पलाएकोमानै खुशी देखिएका सुबासले राष्ट्रिय टिमबाट खेल्ने सपना फेरी देखे तर यति छिटो होइन् । उनले अन्तिम पटक २०१८ को अगष्टमा राष्ट्रिय टिमबाट एशिया कप छनोट खेलेका थिए ।

राष्ट्रिय टिममा २ वर्षपछि फर्कनुभएको छ, सोच्नुभएको थ्यो कमब्याक हुन्छ भनेर सोध्दा उनले भने सोचेको त थिँइन लामो समयपछि फर्किएको हुँ र त्यती तयारी पनि भएको छैन । डेढ महिनादेखि मात्रै खेल्न शुरु गरेको हुँ । मलाई औपचारिक रुपमा सुचन भने आएको छैन तर समाचारहरुबाट टिममा परेको थाहा पाए । मलाई यति छिटो नेपालको टिमबाट खेल्छु जस्तो लागेको थिएन । भाग्यले पनि साथ दियो र सोचेको भन्दा बाहिरको कुरा यसपालि भयो ।

उनले थपे इन्ज्युरीका कारण पहिले १ वर्ष र पछि डेढ वर्ष क्रिकेटबाट बाहिर रहेको थिए । मैले आशै मारिसकेको थिए । अहिले टिममा युवा खेलाडीहरु छन् र आफुलाई प्रमाणित गर्दै आइरहेका छन् । आफ्नो इच्छा र भगवानको क्रिपा भयो भने सबैकुरा सम्भव हुन्छ ।

अमेरीका विरूद्ध फेरी खेल्न पाउनु उनका लागि संयोग पनि हो तर सबै खेलाडीको पुरानै खेलाडीसँग खेल्दाको अनुभव हुन्छ र भोली पनि युएसएसँग खेल्न पाउँ र पुरानै कथा दोहोर्याउन सकुँ ।

उनले नेपालका लागि सन् २०११ देखि २०१६ सम्म ओपनिङको जिम्मेवारी सम्हालेका थिए । सो क्रममा उनले एकदिवसिय क्रिकेटमा अमेरीका विरुद्ध शतकपनि प्रहार गरे । तर चोट र सुवास पर्यायवाचीजस्तै बने ।

सन् २०१६ को जुलाईमा अभ्यासका क्रममा औंलामा चोट लागेपछि टिमबाट बाहिरिएका सुवास क्रिकेटमा फर्कने तयारी गर्दै गर्दा दुर्घटनामा परे । नाडीको हड्डी भाँच्चिएर शल्यक्रिया गराएका उनी अब क्रिकेटमा फर्कने तयारीमा छन् । त्यसपछि उनले कमब्याक पनि गरे । तर सन् २०१८ मा अन्तिम पटक उनले एशिया कप छनाेटमा राष्ट्रिय टिमबाट खेले । त्यसपछि फेरी चाेटले उनलाइ सतायाे ।

करिअरको सुरूआत

त्यसोत सुवासको क्रिकेट अरिअरकासुरुआती दिन पनि रोचक छ । दाई राजन खकुरेलको साथमा लागेर सानैदेखि क्रिकेट खेल्न सुरु गरे पनि उनी नेपालका लागि उमेर समूहको क्रिकेट हुँदै सिनियर टोलीमा छानिएका होइनन् ।

बानेश्वरस्थित हिमालय ह्वाइट कलेजमा भर्ना भएपछि उनको क्रिकेट करिअरले गति लियो । तत्कालिन राष्ट्रिय टोलीका खेलाडीहरु बिनोद दास, कनिस्क चौलागाई, पारस खड्का, शरद भेषावकरहरु ह्वाइटहाउसमा क्रिकेट खेल्न आउँथे, उनीहरुसँग प्रतिस्पर्धा गन थालेपछि उनी खारिँदै गए ।

‘२०६१–६२ तिर हिमालयन ह्वाइट हाउस कजेलमा आएपछि मेरो वास्तविक क्रिकेट करिअर सुरु भएको हो । त्यतिबेला ह्वाइटहाउस कप भन्ने प्रतियोगिता नै हुन्थ्यो । बनोद दास, पारस खड्का शरद भेषावकर कनिस्क चौगाईंहरु खेल्न आउनुहुन्थ्यो, मज्जा लाग्थ्यो ।’

राष्ट्रिय टोलीको क्याम्पमा सन् २००८ देखि नै पर्न थाले पनि उनी टिममा पर्न सकेका थिएनन् । त्यसले निराशा पनि उत्तिकै थपिएको थियो । एकपटक त उनले सोचेका थिए कि ‘खेलेर करिअर बनाउन सकिन्न, अब बिदेश जान्छु ।’

‘२००८ देखि नै क्याम्पमा पर्न थालेको हो । तर, टिममा पर्न सकिन । यु १९ क्याम्पबाट पनि फालिएको थिएँ । एक हिसावले मैले क्रिकेट खेल्ने चान्स पाउँदिन, मेरो करिअर यति नै हो भन्ने लागेको थियो ।’

‘साग गेम्सको लागि क्याम्प सुरु भयो, सुरुआती ३० जनाको लिष्टमा पनि म परिनँ । त्यसमा पनि नपरेपछि म झनै निराश बनेको थिएँ । बिदेशतिर जानुपर्ला भन्ने सोचिसकेको थिएँ । पुतलीसडकमा एउटा कन्सल्टेन्सीमा बुझ्न पनि गएको थिएँ ।’

‘क्याम्प सुरु भएको सातापछि उनलाई क्याम्पमा आउन खवर आयो । क्याम्पमा गएर राम्रो ब्याटिङ गरी, तत्कालीन प्रशिक्षकलाई प्रभावित पारे, फलस्वरुप साग गेम्सका लागि उनी य–२३ टिममा छानिए । र, उमेर समूहको सिनियर टिमबाट खेल्न पाए ।’

पुबुदुको नजरमा परेको त्यो छक्का

बंगलादेशबाट फर्किएपछि यू–१९ विश्वकप छनोट खेल्न आयरल्याण्ड पनि गए । तर, उमेर समूहको दुई प्रतियोगिता खेलेका सुवास सिनियर क्याम्पमा अझै परेनन् ।

सिनियर क्याम्पका दुई खेलाडी मेहवुव आलम र भुवन कार्मी चोटग्रस्त भएपछि बल्ल उनको पालो आयो । टेम्पो चढेर कलेज हिँडेका उनलार्इ कप्तान पारसले फोन गरेपछि कलेज नगइ सिधै कीर्तिपुर पुगे । जहाँ एसीसी टि–२० कपको तयारी भइरहेको थियो, नेपालका लागि पुबुदु दाशानायकेको पहिलो प्रतियोगिता थियो त्यो ।

क्याम्पमा गएको दोस्रो दिन नै उनले ब्याटिङ गर्ने अवसर पाए । पुवुदुको प्रशिक्षणमा उनले राम्रो खेले र क्याम्पमा नियमित पर्न थाले । ‘मेरो पहिलो अभ्यास खेलमा ९ नम्बरमा ब्याटिङमा गएको थिएँ । टिमको अवस्था एकदमै कमजोर थियो । ७० रनमा ८ विकेट गइसकेको थियो । त्यतिबेला क्रिजमा गएर मैले एउटा छक्का हानेको थिएँ । त्यो छक्का पुबुदु सरका नजरमा परेछ, र त्यहीँबाट प्रभावित भएर उहाँले नियमित क्याम्पमा बोलाउनु भयो र टिमबाट पनि नियमित खेल्न पाएँ ।’

अमेरिकासँगको खेलमा क्रिजमा छिर्न लाग्दा बिनोद दाइ (दास)ले भन्नुभएको थियो “बाजे, तिमीले राम्रो चान्स पाएका छौं, यो अवसर फेरि आउँदैन, टिकेर खेल्नु सेन्चुरी हान्नु”

अमेरिकाबिरूद्दको कीर्तिमानी इनिङ

सन् २०११ मा भएको एसीसी टि–२० इलाइट कपमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका सुवासले त्यसपछि मलेशियामा भएको डिभिजन फोर क्रिकेट खेले । जहाँ उनले अमेरिकाबिरुद्ध ११५ रनको शतकीय इनिङ खेले । यो नै नेपाली क्रिकेटरको अन्तर्राष्टिय खेलमा सर्बाधिक व्यक्तिगत स्कोर हो ।

यू–१९ विश्वकप खेलेर फर्किएपछि प्रशिक्षणका लागि श्रीलंका पुगेका उनी उतैबाट मलेशियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरका लागि क्वालालम्पुर गए ।

सुरुआती दुई खेलमा नेपालले जित हासिल गरे पनि सुवासको ब्याटिङ स्मरणीय भएको थिएन । तर, अमेरिकासँगको तेस्रो खेलमा उनले इतिहासै कायम गरे । ११५ रनको शतकीय पारी कुनैपनि नेपाली क्रिकेटरले बनाएको सर्बाधिक अन्तराृष्ट्रिय स्कोर हो ।

‘अमेरिकासँगको खेलमा क्रिजमा छिर्न लाग्दा बिनोद दाइले मसँग मसँग भन्नुभएको थियो कि बाजे, तिमीले राम्रो चान्स पाएका छौं, योङ छौ हामीले पहिला ब्याटिङ गर्दै छौ, यो अवसर फेरि आउँदैन, टिकेर खेल्नु सेन्चुरी हान्नु ।’

मेरा लागि क्रिकेट शिक्षा हो, हाम्रो जस्तो देशको हकमा क्रिकेट जीवन भइसकेको छैन, यद्यपि क्रिकेटले धेरै सिकाएको छ, मेरो हकमा खेल्ने, खाने, मानिससँग कुरा गर्ने लगायत जीवन जीउने कला क्रिकेटले सिकाएको छ । ‘सुरुमा केहि गाह्रो भएको थियो, फेरि अनिल मण्डल आउट भएको थियो । म अर्को ओपनर आउट भएपछि ब्याटिङमा झनै फोकस हुन्छु । त्यस्तै भयो । मैले सेन्चुरी हानेँ ।’

‘७० रन जति बनाउँदा म हिट विकेट आउट थिएँ, पुल शट हान्न लाग्दा ब्याटले स्टम्पमा लागेर बेल खसेको थियो । तर, अम्पायरले देखेनन्, त्यो शट चौका भयो, पछि रन लिन लाग्दा ब्याटले हानेजस्तो गरेर अर्को वेल पनि झारिदिएँ र बचेँ ।’ त्यतिबेलाको रोचक पल सुवास अहिले स्मरण गर्छन् ।
त्यस खेलको अर्को रोचक कहानी पनि छ । अमेरिकासँगको खेलमा उनले अञ्जानमै उल्टो लुगा ९स्किनर० लगाएर गएका रहेछन् । त्यही दिन उनले शतक हाने । अर्को खेल डेनमार्कसँग थियो । उल्टो लुगाले लक लागेजस्तो लागेर त्यस खेलमा पनि उनले उल्टो स्किनर लगाएर गए, ‘तर, दोस्रो बलमै आउट भएँ ।’ उनले हास्दै सुनाए ।

सन् २०१४ मा बंगलादेशमा भएको टि–२० विश्वकप क्रिकेटमा नेपालको ओपनिङ संहालेका सुवासले विश्व क्रिकेट लिग च्याम्पियनसिपको सुरुआती चार खेल खेलेका थिए । नामिवियाविरुद्धको खेलअघि उनी चोटग्रस्त भएका हुन् ।

लगातार ५ वर्ष सिनियर राष्ट्रिय टोलीमा विताएर नेपालका धेरै महत्वपूर्ण उपलब्धिको साक्षी बनेका सुवासका लागि क्रिकेट के हो त रु उनकै शब्दमा भन्दा उनका लागि क्रिकेट शिक्षा हो । ‘नेपालको हकमा क्रिकेट जीवन भइनसकेको अवस्थामा क्रिकेट एउटा शिक्षा हो, जसले खेलाडीलाई खेल्ने, खाने, मानिससँग कुरा गर्ने सबै सिकाएको छ ।’

‘सन् २००८ भन्दा २०१० मा क्रिकेट अझै ब्यवसायिक भएको छ, हामीले टि–२० विश्वकप खेलेपछि अझै राम्रो भयो, अवको १० वर्षपछि क्रिकेट लाइफ पनि हुन सक्ला, तर अहिलेको अवस्थामा मेरा लागि क्रिकेट शिक्षा हो ।’

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey