भानुभक्त क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२२
  • |
  • 182 पटक हेरिएको

आयोजक भानुभक्त मेमोरियल स्कुल चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भानुभक्तले चैतण्यलाई २४–१८ ले पराजित गर्‍यो । सिनियर ब्वाइजमै न्यु समितले कान्तिपुरलाई ५२–४९ तथा नवोदितले एलआरआईलाई २७–१७ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

जुनियर ब्वाइजमा नवोदितले मंगलदीपलाई २३–१९, मेमोनिकले फ्लोरोसेन्टलाई ४–३, सेबले महामञ्जुश्रीलाई २५–१४ र ग्रिनफिल्डले हिमालयलाई ३०–२० ले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे ।

सिनियर गल्र्समा टीआईएले सिद्धार्थ बनस्थलीमाथि १७–१६ को कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । सिनियर गल्र्सकै अर्को लिगमा नवोदितले बाल श्रृजनालयलाई ११–१० को साँघुरो अन्तरले पन्छायो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey