ढाेरपाटन भलिबलमा अपराजित एपिएफको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२१
  • |
  • 302 पटक हेरिएको

काठमाडौं । उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।

अपराजित रहेको एपिएफले पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) माथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो । पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित निकालेको एपिएफले दोस्रो खेलमा आयोजक ढोरपाटनमाथि २५–६, २५–८ र २५–५ को सहज जित हात पार्‍यो ।

दोहोरो जितसँगै एपिएफले ७ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ । दोस्रो स्थानको पुलिसको ६ खेलबाट १६ अंक रहेको छ । अपराजित रहेको पुलिसले मंगलबारै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा जित हात पारेको थियो । पुलिसले आर्मीलाई २५–२२, २५–२१, २०–२५ र २५–२२ को सेटमा हराएको थियो । आर्मीको ५ खेलबाट ९ अंक छ ।

यस्तै तीन इरानी खेलाडी समेटेको चितवन टाइगर्सले शतप्रतिशत जितलाई निरन्तरता दिदा चुली युवा क्लबमाथि २५–९, २५–११ र २५–११ को सहज जित हात पारेको छ । चितवनको यो लगातार तेस्रो जित हो । चितवनको ३ खेलबाट ९ अंक पुगेको छ । यस्तै पारामाउन्टले लिगमा पहिलो जित हात पार्ने क्रममा सेवमाथि २५–२३, २५–२३ र २५–१९ को सहज जित निकालेको छ ।

पारामाउन्टले ८ खेलबाट ३ अंक जोडेको छ । ७ खेल खेलेको सेव र ६ खेल खेलेको चुलीले अंक जोड्न सकेको छैन । होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र बुलबुले रारा भलिबल क्लबबीचको खेल लाइट प्रोटेस्टका कराण स्थगित गरिएको छ । लिगमा बुधबार ५ खेल हुने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey