प्याब्सक फुटसलमा ६४ टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२०
  • |
  • 271 पटक हेरिएको

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा चौथो प्याब्सक कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ६४ छात्र टिमको सहभागिता रहने प्याब्सकका अध्यक्ष गेन्द्र लामाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदबाट पुरस्कृत गरिने प्याब्सकका महासचिव राजन श्रेष्ठले जानकारी दिए ।

लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु नकआउट पद्धतिमा हुने छन् । माघ २३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा खेलाइने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey