विमानस्थलमा ओमानका कप्तानले भने ‘हामी जित्नका लागि नेपाल आएका हौं’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२०
  • |
  • 205 पटक हेरिएको

काठमाडौं, २० माघ । आईसीसी विश्वकप क्रिकेट लिग दुई खेल्न ओमानको टिम पनि काठमाडौं आइपुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारदेखि नेपाल, ओमान र अमेरिकाले त्रिकोणत्मक सिरिज खेल्दै छन् ।

अमेरिकाको टिम गएराति नै भारतबाट आएको थियो । ओमानी टिम भने सिधै ओमानमा बन्द प्रशिक्षण गरेर काठमाडौं उत्रिएको हो ।ओमानको टिमका कप्तान जिसान मक्सुदले नेपालमा खेल्न आउँदा आफूलाई प्रेसर र रमाईलो दुवै रहेको बताए । विमानस्थलमा सक्षिप्त कुरा गर्दै कप्तान मक्सुदले यसअघि २०१२ मा टी २० खेले पछि पहिलो पटक नेपाल आएको बताउँदै उनले जित्नका लागि आएको बताए । यहाँको क्राउडले पनि प्रभाव पार्ने भएकाले सवै विचार गरेर खेल्ने पनि बताए ।

ओमानको टिम यसप्रकार छ । जिसान मक्सुद (कप्तान), अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बाडल सिंह, अहमेद फैज बट, कलिमुल्ला, बिलाल खान ।

टिम अफिसियलमा ब्यवस्थापकमा मधु जेसरानी, प्रशिक्षक श्रीलंकन दुलिप मेन्डिस, सहायक प्रशिक्षक मजहार सलिम खान, फिजियो सेअन न्वाक छन ।
बुधबारबाट सुरु हुने प्रतियोगितामा ओमानले पहिलो खेल नेपालसँग खेल्नेछ । प्रतियोगितामा कुल ६ खेल हुनेछन् । जसमा हरेक टिमले दुई दुई खेल खेल्नेछन् ।
प्रतियोगिताको अंक तालिकामा ओमान आठ अंकका साथ चौथो स्थानमा रहेको छ ।  जारी लिगमा ओमानले ८ खेलमा चार जित दुई हार ब्यहोरेको छ । नेपालले भने यो प्रतियोगितामा पहिलो खेल खेल्दै छ ।

हेराै भिडियाेमा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey