जारी लिगमा सञ्जाेक पहिलाे ह्याट्रिककर्ता, थ्रीस्टारकाे सरस्वती क्लवमाथि सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१८
  • |
  • 185 पटक हेरिएको

सञ्जोक राईको ह्याट्रिकमा सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले पाँचौ जित निकालेको छ । आज भएको खेलमा थ्रीस्टारले सरस्वती क्लवलाई चार शुन्यले हरायो । जितसँगै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा थ्रीस्टारले लिगको पुछारमा रहेको सरस्वती विरुद्ध दबावपुर्ण खेल खेलेपछि गोल गर्न सकेन । खेलको १२ औं मिनेटमा थ्रीस्टारले सुन्दर मौका गुमाउँदा १७ औं मिनेटमा हम्जातको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

त्यसको अर्को मिनेटमा फेरी हम्जातले नै गोलको मौका पाएका थिए । तर असफल भए । १९ औं मिनेटमा सञ्जोक राईको क्रसमा फेरी हम्जातले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीन पुग्यो ।

४१ औं मिनेटमा निशान खड्काको पासमा डिफेन्डर अनन्त तामाङको हेडरले सहि दिशा लिन सकेन । जसका कारण थी्रस्टारले पहिलो हाफमा गोलरहित बराबरी खेल्यो ।

तर दोस्रो हाफको सुरुवातमा नै थ्रीस्टारले अग्रता लियो । ४८ औं मिनेटमा लालरामावियाले थ्रीस्टारका लागि गोल गरे । उनले वान भर्सेस वनमा गोल गर्न सफल भए ।

एक गोलको अग्रता बनाएको थ्रीस्टारले ५७ औं मिनेटमा दोस्रो गोल थप्यो । यसपटक उसका लागि सञ्जोक राईले गोल गरे । सुशील राईको ब्याकपासमा सुशान्त खड्काले दिएको क्रसमा सञ्जोकले गोल गर्न सफल भए ।

६० औं मिनेटमा थ्रीस्टारले तेस्रो गोल गर्यो । यसपटक पनि उसका लागि सञ्जोकले नै गोल गर्न सफल भए । यसपटक उनले सुशील राईको पासमा डिबक्स भित्रबाट गोल गर्न सफल भए ।

७१ औं मिनेटमा थ्रीस्टारले सरस्वतीको पोष्टमा चौथो गोल गर्यो । यसपटक पनि सञ्जोक राईले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमको स्कोर चार शुन्यमा पुर्याए । उनले सरस्वतीका डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गोल गर्न सफल भए । जारी लिगमा ह्याट्रिक गर्ने सञ्जोक पहिलो खेलाडी बनेका छन ।

त्यसपछि खेलकाे अन्तिम समयमा सुशील राइले डिबक्समा पाएकाे माैकालाइ राम्राेसँग कनेक्ट गर्न सकेनन् । त्यसपछि बाँकी समयमा दुबै टिमबाट थप गाेल भएन र थ्रीस्टारले सहज जित हात पार्याे ।

यो जितसपछि थ्रीस्टारले १० खेलमा १७ अंक बनाएको छ । उसले एनआरटीलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । यसका साथै थ्रीस्टारले शिर्ष स्थानको आर्मीसँगको दुरी तीन अंकमा झारेको छ । पुछारको सरस्वतीको १० खेलमा चार अंक छ । योसँगै सरस्वतीको रेलिगेसन हुने खतरा बढेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey