आरबीबी एनभीए भलिबल : महिला तर्फ एपीएफ र आर्मीकाे विजयी शुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०४
  • |
  • 281 पटक हेरिएको

पाँचाै आरबीबी एनभीए क्लब च्याम्पियनसिप भलिबलमा महिलाकाे डिफेन्डिङ च्याम्पियन एपीएफले विजयी शुरुआत गरेकाे छ । राखेप कभर्डहलमा आज भएकाे पहिलाे खेलमा एपीएफले जावलाखेल भलिबल क्लबलाई तीन सून्यकाे साेझाे सेटमा पराजित गरेकाे हाे ।

एपीएफले जावलाखेलमाथि एक तर्फी जित्ने क्रममा सबै सेट अण्डर टेनमा हराएकाे हाे । पहिलाे से६ २५-४ ले आफ्नाे पक्षमा पारेकाे एपीएफले दाेस्राे र तेस्राे सेट समान २५-८ ले जित्याे ।

अर्काे खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्यो । आर्मीले भरतपुरलाई २५-८,२५-२० र २५-१० ले हरायो ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । प्रतियाेगितामा पुरुष तर्फ ११ र महिला तर्फ ७ टिमकाे सहभागीता छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey