खड्का र थापा सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०३
  • |
  • 255 पटक हेरिएको

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्णायकको भूमिका निर्वाह गरेका तेक्वान्दोका अशोक खड्का र प्रशिक्षक गोल्फका धनबहादुर थापालाई कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ ।

सागमा आबद्ध कागेश्वरी मनोहरा नगरपालिकामा बसोवास गर्नेलाई सम्मान गरिएको हो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुवैलाई जनही २५ हजार र सम्मान पत्र प्रदान गरी सम्मान गरे । खड्काले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सागमा दोहोरो स्वर्ण जित्ने तीन खेल मध्ये एक गोल्फ हो । गोल्फमा सुवास तामाङले दोहोरो स्वर्ण जितेका थिए । सागमा सबै भन्दा बढी स्वर्ण जित्ने खेलाडी भने पौडीकी गौरिका सिंह  हुन् । गौरिकाले ४ स्वर्ण जितेकी थिइन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey