नेपाल भलिबल संघ जापान शाखाले क्लब च्याम्पियनसिपको पुरुष तर्फको २ लाख पुरस्कार प्रायोजन गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०३
  • |
  • 293 पटक हेरिएको

काठमाडौं, ३ पुस ।  काठमाडौंमा आजदेखि शुरु पाँचौं आरबीबी एनभिए क्लब च्याम्प्यिनसिप भलिबलका लागि नेपाल भलिबल संघ जापान शाखाले सहयोग गरेको छ ।

जापान शाखा अध्यक्ष नविन गुरुङले जारी प्रतियोगिता अन्तर्गत पुरुष तर्फ उपाधि विजेता टिमले प्राप्त गर्ने नगद २ लाख रुपैयाँ प्रयोजन गरेको महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

संघले भलिबल खेलको विकास र विस्तारका लागि विदेशमा समेत सम्पर्क समितिहरु गठन गरेको छ । नेपाल भलिबल संघ जापानले नेपालमा भलिबल संघले गर्ने कार्यक्रमहरुमा सहयोग गर्दै आएको पनि महासचिव चन्दले बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey