एनभीए क्लब च्याम्पियनसिपमा पुरुषतर्फ ११ टिम, पहिलो खेल आर्मी र आरजी ग्रुपबीच हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०२
  • |
  • 229 पटक हेरिएको

नेप्लेज, २ माघ । भोलिदेखि सुरु हुने आरबीबी एनभीए क्लब च्याम्पियनसिप राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ ११ टिमको सहभागिता हुने भएको छ । जसमा पहिलाे खेल आर्मी र आरजी ग्रुपबीच हुने भएकाे छ । यस्तै महिलामा नेपाल पुलिस र हेल्प नेपाल बिच प्रतिस्पर्धा हुनेछ ।

यसअघि आयोजक नेपाल भलिबल संघले पुरुषतर्फ १२ टिमको सहभागिता निश्चित गरेको थियो । तर अन्तिम समयमा ११ टिमको टुंगो लागेको छ ।

बिहीबार अपराह्न बसेको टेक्निकल अफिसियलको बैठकले ११ टोलीलाई ४ समूहमा विभाजन गरेको छ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी, आरजी ग्रुप र नयाँबजार सामाजिक युवा क्लब छन् ।

समूह ‘बी’ मा बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम छन् ।

समूह ‘सी’ मा नेपाल पुलिससँगै मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समावेश छन् ।

समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब परेका छन् । यो समूहका दुवै टिम स्वतः क्वाटरफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताबाट उत्कृष्ट ६ टिमले क्लब लिगमा सहभागिताको अवसर पाउनेछन् । सहभागी हरेक टोलीले बढीमा ३ जनासम्म बिदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

भोलिदेखि माघ १० गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुने प्रतियोगितामा सहभागी टिमले खाने बस्ने व्यवस्था आफैंले गर्नुपर्नेछ ।

उपाधि विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

बिधागततर्फ उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey