सामान्य अवस्थामा फर्किने निकै कठिन भयाे-सागर थापा (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२८
  • |
  • 386 पटक हेरिएको

नेपाली फुटबलमा एक समय थियो, जब सागर थापा आफै एउटा ब्राण्ड थिए । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान सागरको जीवन म्याच फिक्सिङको घटनाले तहसनहस भयो । विशेष अदालतबाट उनले सो मामलामा सफाई त पाए, तर उनको निजी जीवन भने नाजुक बन्यो ।

आर्थिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि सागरलाई फिट हुन निकै ठुलो चुनौती थियो । समय वित्दै गयो, सागरले साथीभाईको निकै ठुलो साथ पाए । जसका कारण उनले अब आफ्नो जीवनलाई नयाँ तरिकाले जिउने सोचेका छन ।

पुरानो उचाईमा पुग्न नसक्ने भएपनि इज्जतका साथ जीवन जिउने योजना बनाएका छन । यो घटनापछि एक समय उनी विदेशीने सोच पनि बनाएका थिए । तर उनलाई यो निर्णय त्यति सान्दर्भिक लागेन । जसका कारण उनले अहिले फुटबलबाट नै नयाँ जीवन अगाडी बढाइरहेका छन ।

उनी आफ्ना तीन बच्चालाईपनि फुटबल सिकाउछन । त्यसमा पनि जेठो छोरा फुटबलमा निकै चासो राख्ने भएकाले फुटबलर नै बनाउने सोचमा छन ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey