बिग ब्यास लिगमा सन्दीपको सिजनकै उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१९
  • |
  • 309 पटक हेरिएको

काठमाडौं, १९ पुस । नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा यो सिजनकै उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले आज ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात पारे । पहिलो र दोस्रो ओभरमा विकेटविहीन हुँदै १९ रन खर्चिएका सन्दीपे तेस्रो र चौथो ओभरमा तीन विकेट लिएका थिए । तेस्रो ओभरमा २ विकेट हात पारेका सन्दीपले आफ्नो स्पेलको अन्तिम तथा चौथो ओभर पनि विकेट विहीन बन्नु परेन ।
चौथो ओभर लिएर सन्दीप १७ औं ओभमा आएका थिए । पहिलोदेखि तेस्रो बलसम्म एक एक रन खर्चिएका सन्दीपले चौथो र पाँचौं बल डट राखे । छैटौं बलमा टोम कुपरलाई आउट गर्दै व्यक्तिगत तेस्रो सफलता हात पारे । उनले चौथो ओभरमा तीन रन दिएर १ विकेट लिएका हुन् ।
तेस्रो ओभर :
पहिलो र दोस्रो बलमा एक एक रन दिएका सन्दीपले तेस्रो बलमा साउन मार्सलाई आउट गरे । लंग अनमा उनले मार्सलाई क्याच आउट गर्दै पेभेलियन फर्काए । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका मार्सले आक्रमक तरिकाले रन बनाइरहेका थिए । उनले ३३ बलमा ४३ रन जोड्दा ३ चौका र एक छक्का प्रहार गरेका थिए ।
सोही ओभरको चौथो बलमा एक रन खर्चिए । पाँचौं बलमा सन्दीपले टिमका लागि चौथो सफलता दिलाउँदा व्यक्तिगत दोस्रो विकेट हात पारे । उनले डेनियल क्रिष्टिनलाई पहिलो बलमै आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए । सन्दीपले व्यक्तिगत तेस्रो ओभरमा २ विकेट लिँदै ४ रन खर्चिए । अहिलेसम्म तीन ओभर बलिङ गर्दै २३ रन खर्चिएर २ विकेट लिएका छन् ।

दोस्रो ओभरः
दोस्रो ओभरमा भने सन्दीप महँगो सावित भए । टिमको नवौं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका थिए ।
पहिलो बलमा २ रन खर्चिका सन्दीपले दोस्रो बलमा रन दिँदै मार्सले स्ट्राइक परिवर्तन गरेपछि वियू वेवस्टरले चौका प्रहार गरेका थिए । चौथो बलमा १ रन खर्चिका सन्दीपले पाँचौं बलमा भने ३ रन दिन पुगे । छैटौं बलमा रन दिएपछि दोस्रो ओभरमा सन्दीपले १२ रन खर्चिका थिए ।

पहिलो ओभरः

सन्दीपलाई मेलबन रेनिङगार्डसविरुद्ध सातौं ओभरमा बलिङ गर्न दिइएको थियो । जसमा पहिलो बलमा सन्दीपले एक रन खर्चिए । आरोन फिन्चले एक रन लिँदै स्ट्राइक बदलेपछि क्रिजमा साउन मार्स आएका थिए । मार्सले दोस्रो बलमा एक रन दिए ।
तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा १ रन खर्चिए । पाँचौं बल डट राख्न सफल भएका सन्दीपले अन्तिम बलमा चार रन दिए । अन्तिम बलमा मार्सले चौका प्रहार गरेपछि सन्दीपले आफ्नो पहिलो ओभरमा ७ रन दिएका हुन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey