सौगात र आयुश्मालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१३
  • |
  • 230 पटक हेरिएको

काठमाडौं, पुस १३ गते । एलआरआईका सौगात वाग्ले र त्रियोगकी आयुश्मा गैरे दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत टेबलटेनिसमा पहिलो भएका छन् । सिनियर सिंगल्सको ब्वाइजमा सौगात र गल्र्समा आयुश्मा पहिलो भएका हुन् ।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को आयोजनामा नक्सालस्थित बृहस्पति विद्यासदनमा भएको सिनियर ब्वाइजमा अक्षराका आदित्य सुवेदी दोश्रो तथा प्रिमियरका सगुन श्रेष्ठ र संस्कृतिका रनकलाल श्रेष्ठ तेश्रो भए । सिनियर गल्र्समा एलाइटकी रिया अग्रवाल दोश्रो तथा संस्कृतिकी श्रेया स्थापित र बृहस्पतिकी स्निग्धा थापा तेश्रो बने ।

जुनियर ब्वाइज सिंगल्समा कान्जिरोवाका रवि विकले स्वर्ण, जेम्सका सोरो शेर्पाले रजत तथा संस्कृतिका अभिमोड वज्राचार्य र बृहस्पतिका अर्नभ अधिकारीले कांस्य जिते । सोही स्पर्धाको गल्र्समा त्रियोगकी कृष्मा रिजाल पहिलो, जेम्सकी प्राप्ती ब्यञ्जनकार दोश्रो तथा काठमाडौं प्रज्ञाकुञ्जकी कृषा काफ्ले र संस्कृतिकी स्तुति तेश्रो भए । स्पोर्ट्स मिटअन्तर्गत एथलेटिक्स बाँकी छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey