अनुभवको कमीले हामीले हार्‍यौं : कप्तान सोमपाल कामी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१०
  • |
  • 202 पटक हेरिएको

पोखरा, १० पुस । बुटवल ब्लास्टर्स पोखरामा जारी पीपीएल क्रिकेटबाट बाहिरिएको छ । एलिमिनेटर राउण्डमा विराटनगर टाइटन्ससँग २१ रनले पराजित भएसँगै सोमपाल कामीको कप्तानीमा रहेको बुटवलको पीपीएलको यात्रा समाप्त भएको हो ।
टस जितेर पहिला फिल्डिङ रोजेको बुटवललाई सुनिल धमला, प्रदीप ऐरी र पुनित मेहराको इनिङसले ‘ब्याक फुट’मा धकेलेको थियो । १६६ रनको लक्ष्य पछ्याएको बुटवल २१ रनले पराजित भएपछि कुरागर्दै कप्तान सोमपालले लक्ष्य ठूलो नभएपनि चेस गर्न अप्ठेरो परेको स्वीकार गरे । उनले भने ‘ चेस गर्न सकिने थियो । विहान ब्याटिङ गर्न अलि गाह्रो हुन्छ की भनेर फिल्डिङ रोेजेको संकेत गर्दै सदाव आलमले विराटनगरलाई उत्कृष्ट कमब्याक गराउन सफल भयो । यसमा हामी असफल रह्यौं ।’

समूह चरणको अन्तिम खेलमा पनि विराटनगरसँग पराजित भएको बुटवल एलिमिनेटर राउण्डको प्रेसर कतिको हुँदो रहिछ भन्ने प्रश्नमा कप्तान सोमपालको जवाफ थियो ‘फिल्डिङमा एलिमिनेटरको प्रेसर भन्न त मिल्दैन । तर हाम्रो टिमका खेलाडीहरुमा धेरै अनुभव नभएकाले पनि यस्तो भएको हो । हाम्रो टिमका खेलाडीले धेरै गेमहरु पनि खेलेका छैनन् । जसको कारण अनुभवको कमीले पनि हामी हार्‍यौं ।’

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey