मनाङ अपराजित रहदै लिगकाे शीर्ष स्थानमा फर्कियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१०
  • |
  • 365 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा अहिले मनाङ मस्र्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार तीन खेलमा जित निकाल्दै मनाङ फेरी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शुन्य गाेल अन्तरले हरायो । मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औं मिनेटमा जगजित श्रेष्ठले मनाङका लागि गोल गरेका थिए ।

जसका कारण मनाङले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो । दोस्रो हाफमा पनि मनाङले ब्रिगेड ब्याइजलाई दबाव दिएपनि गोल थप्न सकेन । ५२ औं मिनेटमा मनाङले अन्तर दुई शुन्यमा पुर्याउने मौका पाएको थियो तर सफल भएन ।

७४ औं मिनेटमा मनाङ १० खेलाडीमा झर्न पुग्यो । उसका एकराज बुढाथोकीले ब्रिगेड ब्याइजका खेलाडीलाई डरलाग्दो फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । त्यसपछि पनि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइज खेलमा फर्कन सकेन र पराजित भयो । जारी लिगमा ब्रिगेड ब्याइजको यो दोस्रो हार हो । उसको तीन खेलमा तीन अंक रहेको छ । मनाङको तीन खेलमा नौ अंक भएको छ । मनाङ फेरी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

हेराै खेलकाे हाइलाइट्स

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey