१५ औं ढोरपाटन महिला भलिबल माघ १६ देखि उत्कृष्ट खेलाडीसहित दर्शकलाई पनि स्कुटी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१०
  • |
  • 273 पटक हेरिएको

काठमाडौं, १० पुस । १५ औं ढोरपटान महिला भलिबल प्रतियोगिता माघमा हुने भएको छ । ढोरपाटन क्लबको आयोजना तथा सानमिगेल वियरको प्रायोजन तथा यूएम स्कूटीको सह प्रायोजनमा हुन लागेको प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

माघ १६ देखि २८ माघ सम्म आयोजना हुने प्रतियोगिताको अनुमानित खर्च ५१ लाख रहेको आयोजक क्लब ढोरपाटनका अध्यक्ष मनबीर छन्त्यालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले २ लाख ५ हजार तथा तेस्रो हुने टिमले १ लाख ५ हजार प्राप्त गर्ने छ ।

प्रतियोगितामा सातौं स्थानसम्म हासिल गर्ने टिमलाई नगद पुरस्कारको व्यवस्था पनि गरिएको छ । चौथो हुने टिमले ७५ हजार, पाँचौं हुने टिमले ५५ हजार छैटौंले ४५ र सातौं हुने टिमले नगद ३५ हजार प्राप्त गर्ने छ ।

उत्कृष्ट खेलाडी, वर्ष खेलाडी, उदयमान खेलाडी र प्लेयर अफ द सिरिज, ग्रेट अचिभमेन्ट अवार्डका साथै एक जना लक्की दर्शकलाई पनि स्कुटीको व्यवस्था गरिएको छ । प्रतियोगितामा एपीएफ डिफेन्डिङ च्याम्पियन हो ।

यस पटकको प्रतियोगितामा एपीएफसँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, टप्स उमाबि पोखरा, बुलबुले रारा क्लब कर्णाली प्रदेश, न्यू डायमण्ड एकेडेमी नैकाप, पारामाउण्ट आवशीय मावि कुलेश्वर, थ्रीस्टार एकेडेमी वुढानिलकण्ठ, धुली युवा क्लब सुर्खेत, चितवन टाइगर्स, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लबले भाग लिएका छन् ।

यस्तै छैटौं पुरुष भलिबल प्रतियोगिता भने चैतमा हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey