काठमाडाैं म्याराथनमा नरेन्द्रकाे पहिलाे उपाधि, कान्छिमायाकाे ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०५
  • |
  • 312 पटक हेरिएको

काठमाडौं म्याराथनमा पुरुष तर्फ आर्मीले बर्चश्व जमाएको छ । जसमा नयाँ च्याम्पियनका रुपमा नरेन्द्रसिंह रावत बाजि मारेका छन । पहिलो पटक म्याराथनको उपाधि जितेका नरेन्द्रले आफ्नै क्लवका खेलाडीलाई पछि पार्दै उपाधि जिते ।

४२ किलोमिटरको दुरी नरेन्द्रले २ घण्टा ३३ मिनेट २३ सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा बेदबहादुर सुनुवार रहे । उनले २ घण्टा ३४ मिनेट १० सेकेण्डमा पुरा गरे । तेस्रोमा ज्ञानप्रसाद भट्टराई रहे । उनले २ घण्टा ३४ मिनेट ४५ सेकेण्डमा पुरा गरे ।

यस्तै महिला तर्फको उपाधि कान्छिमाया कोजुले जितीन । उनले निर्धारीत दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गरिन । प्रतियोगितामा कान्छिमायाको यो लगातार तेस्रो उपाधि हो । यसअघिका दुई संस्करणमा उपाधि जितेकी कान्छिमायाले ह्याट्रिक गर्न सफल भइन ।

त्रिुपेरश्वरबाट सुरु भएको म्याराथन, थापाथली, कुपण्डोल, पाटन गेट, चाकुपाट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने, जडिबुटी, गठ्ठाघर, सुर्यविनायक चोकबाट राम मन्दिर, दौमदि साः कोठा, सिडियो कार्यालय, औधोगिक क्षेत्री हुँदै सिधा पुरानो ठिक, भीमसेन मन्दिरको दाहिनेबाट ठिमी बोडे सडकहुँदै पेप्सीकोला, जडिबुटी, तीनकुगर्ने एयरपोर्ट, गौशाला, पशुपति, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली, सहिद गेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आएर टुंगिएको थियो ।

यस्तै हाफ म्याराथनमा त्रिभुवन आर्मीका राजन रोक्का र पुर्ण लक्ष्मी न्यौपाने स्वर्ण पदक हात पारेका छन् ।

राजधानीमा आज बिहान भएको प्रतियोगिताको पुरुष तर्फ आर्मीका राजनले निर्धारित दुरी एक घण्टा १० मिनेट २६ सेकेण्डमा पुरा गरेका हुन् । यस्तै आर्मीकै हरि रिमालले एक घण्टा ११ मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै दोस्रो हुँदै भने आर्मीकै रामजी बस्नेत एक घण्टा १२ मिनेटमा २१ सेकेण्डमा तेस्रो बने ।

यस्तै महिला तर्फ पुर्ण लक्ष्मीले एक घण्टा २८ मिनेट सुन्य तीन सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै दोस्रो बनेकी शानु माय कार्कीले १ घण्टा ३० मिनेट ०१ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । नेपाल पुलिसकी रेखा विष्ट एक घण्टा ३१ मिनेट ३४ सकेण्डमा दुरी पुरा गर्दै तेस्रो भइन् ।

पाँच किलोमिटरतर्फ पुरुषमा अजितकुमार यादव पहिलो भए । उनले निर्धारीत दुरी १७ मिनेट १९ दशमलव नौ एक सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा गजेन्द्र राई रहे । उनले १७ मिनेट ३० दशमलव ६३ सेकेण्डमा दुरी पुरा गरे । तेस्रो स्थानमा शिवबहादुर रायमाझी रहे । उनले १७ मिनेट ५३ दशमलव २२ सेकेण्डमा दुरी पार गरे ।

महिला तर्फ आर्मीकी सरस्वती भट्टराई पहिलो भइन । उनले २२ मिनेट ३ दशमलव चार एक सेकेण्डमा दुरी पुरा गरिन । दोस्रो स्थानमा पुलिसकी विर्सना कुमाल रहित । विर्सनाले दुरी २३ मिनेट नौ दशमलव तीन एक सेकेण्डमा पुरा गरिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey