नगरपरिक्रमाका बहानामा खेलाडीले पाएकाे दुःख !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२७
  • |
  • 329 पटक हेरिएको

शुक्रबार, १३ औँ दक्षिण एसियाली खेलकुदका पदक बिजेतालाई सम्मान स्वरुप नगरपरिक्रमा गराउने कार्यक्रम ११ बजेबाट सुरु गर्ने तालिका थियो । तर एक्कासी परेको वर्षा र चिसो मौसमले कार्यक्रम दुइ घण्टा पछि धकेलियो । जसोतसो चिसै मौसममा खेलाडी र पदाधिकारीहरुलाई रुजाउँदै परिक्रमा गराइयो । एकतिर पानी पररहेको थियो भने अर्कोतिर खेलाडी हिडिरहेका थिए । हुनत परिषदले खेलाडीकाे सम्मानका लागि याे कार्यक्रम राखेकाे थियाे । तर माैसमका कारण ठिक उल्टाे भइदियाे ।

काठमाडौंको मौसम अरु दिनको तुलनामा शुक्रबार निकै चिसो थियो । बिहान देखि पानी पर्ने रोकिनेक्रम चलिरहेको थियो । यस्तैमा राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबारकै दिन खेलाडीलाई नगरपरिक्रमा गराउने भनेर उद्घोष गरेको थियो । पुर्वधोषित तालिका अनुसार तोकिएको समय ११ बजे राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटीका पदाधिकारी भने कतै देखिन्न थिए ।

हेराै भिडियाेमा

चिसोसँगै पानी पनि मज्जाले परिरहेको थियो । र खेलाडीहरु रंगशाला वरिपरि ओत लाग्न सकिने ठाउँमा बसिरहेका थिए । करिब दुइ घण्टा पछि राखेप सदस्य सचिव रमेश कुमार सिलवाल र ओलम्पिक कमिटीका पदाधिकारी आए । र ब्याण्ड बाजा सहित परिक्रममा हुने घोषणा गरे । जबकी पानी रोकिएकै थिएन । त्यसपछि त्यहाँ पुगेका पदकधारी खेलाडी तथा प्रशिक्षकलाई पदाधिकारीले अविर लगाइ दिए र रुज्दै परिक्रमा सुरु भयो ।

जाडोका कारण छोट्याइएको रुटमा खेलाडीलाई छत ह्वाङ भएको गाडीमा चढाइएको थियो । हुन त ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदकधारीहरु उपश्थित हुनु पर्ने हो । साथै सोही खेल सम्बन्धीत पदाधीकारी । बास्केटबलका महिला र पुरुष गरि रजत र कास्य जितेका खेलाडीहरु त्यहाँ थिएनन् ।

न त पुरुष फुटबलका स्वर्ण बिजेता सबै खेलाडी उपस्थित भए, नत महिला फुटबलका रजत बिजेता त्यहाँ पुगे । अन्य टिम इभेन्ट्स खेलका रजत र काश्य जित्नेहरु त्यहाँ थिएनन् ।

कारण उनीहरुले प्रधान मन्त्री निवास बालुवाटारमा बुधबार भएको .कार्यक्रममा टिम इभेन्ट्समा स्वर्ण जित्नेलाई मात्र प्याकेज घोषणा गरेकाले उनीहरुले अपमानीत हुनु परेको महसुस गरेका थिए । त्यसको ठिक दुइ दिन पछि शुक्रबार करिब एक बजेबाट सुरु नागरिक अभिनन्दन कार्यक्रम रुजाउँदै गरियो । अब स्वर्ण धारी खेलाडीले नै कस्तो महसुस गर्ने हुन् कुन्नी ।

अन्तिममा मनपरी ढंगले रूट बदलिएपछि परिक्रमा सकिदासम्म पुरै खेलाडी परिषदसम्म पुगेनन् । चिसाे त्यसमा पनि खुल्ला गाडीमा खेलाडीलाइ दिने भनिएकाे सम्मान माैसमका कारण केहि खल्लाे बन्याे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey