पीपीएलका लागि पाेखरा क्रिकेट मैदान नयाँ स्वरूप लिदै (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२६
  • |
  • 78 पटक हेरिएको

शनिबारबाट पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग क्रिकेटको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्रिकेट मैदानमा हुने खेलका लागि मैदानको तयारी, पिच र अन्य पुर्वाधारहरुको कामपनि लगभग पुरा भएको छ ।

प्रतियोगिताका लागि टिमहरु पोखरा पुग्ने क्रम सुरु भएको छ । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेट भएको मैदानमा पीपीएलका आयोजकले एक साता भन्दा कम समयको तयारी टाइम पाएका थिए । त्यसमा पनि दुर्तगतिमा कामहरु गरेर मैदानलाई राम्रो बनाउने काम भइरहेको छ ।

दिनहु ट्यांकरबाट पानी ओसारेर मैदानमा राखिएको थियो भने पिचलाई राम्रो बनाउन क्युरेटरले पनि निरिक्षण गरेका थिए ।

अब प्रतियोगिता सुरु हुन एक दिनमात्र बाँकी रहेका बेला शुक्रबारसम्म सबै तयारी पुरा हुने आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ पाउनेछ । यस्तै प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्स विच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey