सागमा गाैरीकाले बनाइन अर्काे कीर्तिमान, दिपक बिष्टसँग बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२३
  • |
  • 195 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा गौरीका सिंहले अर्को स्वर्ण हात पारेकी छिन । जारी प्रतियोगितामा चौथो स्वर्ण जितेकी गौरीकाले एकै संस्करणमा धेरै स्वर्ण जित्ने खेलाडी पनि बनेकी छिन ।

उनले एक समय मिटर फ्रिस्टाइलमा नयाँ स्वर्ण जितिन । यो सागकी हटकेक बनेकी गौरीकाले निर्धारीत दुरी ५८ दशमलव १३ सेकेण्डमा पुरा गरिन । दोस्रो स्थानमा भारतीय खेलाडी सिवांगी शर्मा रहिन । उनले ५८ दशमलव १५ सेकेण्डमा पुरा गरिन । तेस्रो स्थानमा भारतकै एमी बेन रहिन । उनले दुरी ५९ दशमलव शुन्य चार सेकेण्डमा पुरा गरिन ।

गौरीकाको यो कीर्तिमान तोड्न निकै समय लाग्ने पक्का जस्तै देखिएको छ । साथै उनले सागमा धेरै पदक जित्ने दिपक विष्टसँगको कीर्तिमान पनि बनाएका छन । विष्टले कुल चार स्वर्ण जितेका थिए । यता गौरीकाले एकै संस्करणमा सो रेकर्डलाई बराबरी गरिन ।

पौडीमा नेपाली खेलाडी टिसा शाक्यले काश्य जितेकी छिन । महिला दुई सय मिटर ब्यक्तिगत मिड्लेमा उनले काश्य जितिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey