मेराे तेस्राे स्वर्ण हजुरबुवाकाे जन्मदिनकाे गिफ्ट (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२२
  • |
  • 186 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद सागको पौडी तर्फ तीन वटा स्वर्ण पदक जितेर गौरिका सिंहले नयाँ रेकर्ड बनाइसकेकी छिन् । उनको रेकर्ड एउटै साग गेम्समा सर्वाधिक तीन स्वर्ण पदक जित्ने रेकर्ड हो ।

अझै उनका २ वटा इभेन्ट्स बाँकी नै छन् । आइतबार तेस्रो मेडल जितेपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौरिकाले पहिलो मेडल जित्दा सातो गएको प्रशंग उप्काउँदै आज पनि त्यस्तै भएको बताइन् । उनले आफ्नो सफलतालाई आफै बयान गर्न नसक्ने पनि बताइन् । उनले भनिन् ‘म मेरो देश प्रति गर्व गर्छु ।’

पहिलो साग प्रतियोगिता हुन्छ की हुँदैन भन्ने अवस्थामा आफू पनि रहेको बताउँदै अहिलेको पूर्वाधार बनाएको देख्दा आफू खुसी भएको पनि बताइन् । छोटो समयमा हिटिङ पूल बनाएर प्रतियोगिता गराउन आयोजकका हिसाबले आफैमा चुनौतीपूर्ण रहेको पनि उल्लेख गरिन् ।
आफ्नो सफलतामा घर परिवारको साथ रहेको बताउँदै आफूबाट अरु नेपाली युवतीहरुले पनि प्रेरणा लिन सक्ने बताइन् ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey