झण्डै एक वर्षपछि राखेप बोर्ड बैठक आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२८
  • |
  • 552 पटक हेरिएको

नेप्लेज, २७ चैत । करिब एक वर्षपछि राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक आज बस्दैछ ।

जगत बहादुर विश्वकर्मा खेलकुद मन्त्री भएपछि पहिलो पटक राखेप बोर्ड बैठक बस्न लागेको हो । बैठकमा राखेपका आन्तरिक गतिविधि, आशन्न १८ औं एसियाली खेलकुद, आठौं राष्ट्रिय खेलकुद, १३औं दक्षिण एसियाली खेलकदको तयारी बारे छलफल हुनेछ ।

मन्त्री विश्वकर्माका अनुसार बैठकमा परिचयात्मक कार्यक्रमका साथै चालु आर्थिक वर्षमा संचालित आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने बारेपनि छलफल हुनेछ ।

‘समय थोरै छ, यद्यपी चालु आर्थिक वर्षमा विभिन्न आयोजनाका काम भइरहेको छ । भौतिक संरचना निर्माणको गतिलाई तीव्रता दिनेबारे पनि छलफल हुनेछ ।’ मन्त्री विश्वकर्माले भने ।

मन्त्री विश्वकर्माले खेल र खेलाडीका लागि उपयुक्त वातावरण बनाउने दायित्व राज्यको भएकाले यस बारेमा पनि बोर्ड बैठकले प्रारम्भिक छलफल गर्ने जानकारी दिए । साथै बठकमा नयाँ बजेटका बारेमा पनि छलफल हुनेछ ।

यस अघि दलजीत श्रीपाली मन्त्री भएका बेला गत जेठ २० गते राखेपको बोर्ड बैठक बसेको थियो । त्यसपछिका मन्त्री राजेन्द्र केसीका पालमा बैठक बस्नै सकेको थिएन । काँग्रेसका मन्त्री तथा एमालेका सदस्यसचिको मतभेदका कारण बैठक बस्न सकेको थिएन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey