गौरिका र एलेक्जेन्डरले टाेकियाे ओलम्पिक खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२१
  • |
  • 537 पटक हेरिएको

अर्को वर्ष जापानमा हुने ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका सिंह र एलेक्जेन्डर साहले सहभागिता जनाउने भएका छन् ।

पौडी संघका अध्यक्ष अशाेक वज्राचार्यका अनुसार टाेकीयाे ओलम्पिकमा नेपालबाट २ खेलाडी सहभागिता जनाउन पाउने भएकाेमा नेपालबाट गाैरिका र शाहले खेल्ने बताए । गत जुलाईमा दक्षिण कोरियामा भएकाे १८ औं फिना च्याम्पियनसिपमा नेपालबाट गौरिका र सोफिया शाह तथा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

साे प्रतियाेगिताकाे प्रदर्शनका अाधारमा नेपालबाट टाेकियाे ओलम्पिकमा गाैरीका र एलेक्सले खेल्ने भएका हुन् । फिना च्याम्पियनसिपमा देखाएको प्रदर्शनका आधारमा गौरिका र एलेक्जेन्डरले ओलम्पिकमा सहभागिता जनाउने अध्यक्ष वज्राचार्यले बताए ।

फिना विश्व च्याम्पियनसिपमा गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट ०० दशमलव ६२ सेकेन्डकाे समय निकालेकि थिइन्।

२ सय मिटर फ्रिस्टाइल २ मिनेट १३ दशमलव ०० सेकेन्डकाे समय हात पारेकि थिइन् । एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइल ५६ दशमलव २८ सेकेन्ड टाइमिङ निकालेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey