पाैडीमा डुवाना र एलेक्जेन्डरकाे राष्ट्रिय कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 330 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीमा नेपालले २ वटा राष्ट्रिय कीर्तिमान बनाएका छन् । पाैडीकाे पहिलाे दिन हिट चरणमा नेपालका एलेक्जेन्डर शाह र डुवना लामाले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा बिहिबार बिहान भएकाे प्रतिस्पर्धामा पुरुष २ सय मिटर फ्रिस्टाइलमा एलेक्जेन्डरले २ मिनेट ०२ दशमलव ३० सेकेण्ड समयका साथ राष्ट्रिय कीर्तिमान बनाए । उनले यसअघि शिरिष गुरुङको नाममा रहेको २ मिनेट ०६ दशमलव ३५ सेकेण्डको कीर्तिमान भंग गरे ।

यस्तै महिला तर्फ २ सय मिटर ब्रेस्टस्टाेकमा डुवनाले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन । उनले २ मिनेट ४८दशमलव ५७ सेकेण्डको समय निकालिन । उनले आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५ दशमलव ०९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey