उसुमा नेपालका दीपकले जिते स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१८
  • |
  • 225 पटक हेरिएको

 

साग अन्तर्गत उसुको थाउलोमा नानगुन विधामा नेपालले स्वर्ण जितेको छ । नेपालका लागि दिपक हमालले स्वर्ण प्राप्त गरे ।

आर्मीको कर्भडहलमा भएको खेलमा नेपालका दिपकले कुल १९ दशमलव तीन दुई अंक ल्याउँदै स्वर्ण जिते । योसँगै नेपालले उसुमा स्वर्ण संख्या तीन पुर्याएको छ । प्रतियोगितामा उसुमा सोमबार दुई स्वर्ण जितेको थियो ।

उनले भारतका साजन लामालाई पछि पारेका हुन। भारतका साजनले समग्रमा १९.१२ अंक ल्याएका थिए। उसुको थाउलोअन्तर्गत पुरूष ताइजिजियनमा श्रीलंकाका थरिदु नमल अनुरथले स्वर्ण पदक जिते। यस स्पर्धामा भारतका ज्ञानदास सिंहले रजत पदक जित्दा नेपालका हरिप्रसाद गोलेले काश्य पदक जिते।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey