साग खेलकुदः कराँते र तेक्वान्दाेमा भाेली नै स्वर्णकाे छिनाेफानाे हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१५
  • |
  • 222 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा भोली ११ वटा खेलमा प्रतिस्पर्धा हुनेछ । जसमा कराँते र तेक्वान्दोमा स्वर्णको छिनोफानो हुनेछ ।
पोखरा, काठमाडौं र ललितपुरमा हुने प्रतिस्पर्धाहरुमा कराँतेमा ८ स्वर्ण र तेक्वान्दोमा १० स्वर्णको छिनोफानो हुनेछ । यस्तै भोली नै पोखरामा महिला क्रिकेट, काठमाडौंमा पुरुष फुटबल, गल्फ, खोखो, भलिबल खेल हुनेछन ।

जसमा भोली मुख्य गरि भलिबल, कराँते र तेक्वान्दोमा नेपालको नजर हुनेछ । आज सम्पन्न उद्घाटन समारोहसँगै अब भोलीबाट धमाधम २६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

पोखरामा आयोजना हुने ट्राईयाथलन खेलको प्रतिस्पर्धा भोली सोमबार बिहान हुने छ । भोली हुने ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलङ्कका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिला तर्फ सोनी गुरुङ्ग र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।

खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साईकल र ५ किलोमिटर दौड पुरा गर्नेछन् ।

भोली बिहान हुने प्रतिस्पर्धाका लागि आज खेलाडीहरुको दर्ता, साईकल तथा खेलाडीहरुले लगाउने पोशाक परिक्षण गरिएको छ । त्यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरुलाई टेक्निकल डेलिगेटले बिस्तृत जानकारी तथा खेलस्थलका बारेमा जानकारी प्रदान गरेका छन् । खेललाई निश्पक्ष र सुरक्षित रुपमा सम्पन्न गर्न निर्णायकहरुलाई निर्देशन दिईएको छ ।

फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी भएको छ । खेलाडीहरुको लागि तालमा एकै साथ डाईभ गर्न मिल्ने प्लटुन नेपालमा पहिलो पटक प्रयोग गरिएको छ ।

दुई स्वर्ण पदकको छिनोफानो भोली सोमबारनै हुने । प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्का गरि तीन देशको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey