साग महिला भलिबलः नेपाल फाइनलमा, ऐतिहासिक पदक पक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 222 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले कम्तिमा रजत पक्का भएको छ । नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाइृ तीन शुन्यको सोझो सेटमा हरायो ।

नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । यसअघि कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न नसकेको नेपालले यो संस्करणमा स्वर्ण वा रजत जित्ने पक्का भएको छ ।

त्रिपुरेश्वर स्थित कर्भडहलमा नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ काे सेटमा जित निकाल्याे । नेपालले  पहिलो सेट २५–१४ को सेटमा जित्यो । सुरुवातमा केहि तालमेल नमिलेको नेपालले विस्तारै आफ्नो लयलाई समात्यो । एक समय १३–८ ले अगाडी रहेको नेपालले आफ्नो अग्रतालाई कायमै राख्दै २४–१४ मा पुर्याएको थियो । त्यसपछि अरु एक अंक थप्दै नेपालले पहिलो सेट २५–१४ ले जित्यो ।

दोस्रो सेटमा पनि सुरुवात देखि नै अग्रता बनाएको नेपालले श्रीलंकालाई १८ अंक भन्दा अगाडी जान दिएन । निकै उत्कृष्ट खेल खेलेको नेपाली महिला टिमले दोस्रो सेट २५–१८ ले जित्यो ।

नेपाल भन्दा केहि कमजोर दखिएको श्रीलंकाले तेस्रो सेटमा भने केहि सुधारीएको प्रर्दशन गर्यो । उसले तेस्रो सेटमा एक समय ११–११ को बराबरी गरेको थियो । त्यसपछि पनि सेटमा तिब्र प्रतिस्पर्धा भएको थियो । तर नेपालले आफनो लयलाई कायम राख्दै खेल २१–१७ मा पुर्यायो ।
अन्ततः नेपालले सेट २५–२१ ले जित्यो ।

नेपालले यसअघि सागमा तीन पटक काश्य जितेको थियो । जसमा १९९९, २००६ र २०१६ मा काश्य जितेको थियो । अब उपाधिका लागि नेपाली महिला टिमले भारतसँग खेल्नेछ । यसअघि नेपाल भारतसँग पराजित हुँदा समुह उपविजेता बनेको थियो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey