ए डिभिजन लिगमा साविक विजेता मनाङकाे खेल एपीएफसँग, थ्रीस्टारले जाउलाखेलसँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 157 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङले पहिलाे खेल एपीएफसँग खेल्ने भएकाे छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलाे चरणमा मच्छिन्द्र क्लवले पहिलो प्रतिद्धन्द्धीका रुपमा ब्रिगेड ब्याइजलाई पाएको छ । यस्तै साविक विजेता मनाङले एपीएफ क्लवसँग खेल्नेछ । यसका सिाथै थ्रीस्टार क्लवले जाउलाखेलसँग पहिलो खेल खेल्ने भएको छ । यस्तै नेपाल पुलिसले हिमालयन शेर्पा र आर्मीले फ्रेन्ड्स क्लवसँग खेल्नेछ । यस्तै संकटाले च्यासलसँग प्रतिस्पर्धा गर्नेछ ।

एन्फाले उद्घाटन खेल कसलाई बनाउने भनेर क्लवसँगको छलफलपछि मात्र बताउने बताएको छ । उद्घाटन खेल दशरथ रंगशालामा हुनेछ । उद्घाटन र पुरस्कारका बारेमा आइतबारमात्र सार्वजनिक गरिनेछ । जसमा विजेताले पुरस्कार रकमको पनि घोषणा गरिनेछ ।

कुल १४ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक राउण्डमा सात खेल हुनेछन । त्यसपछि एकदिन विश्राम हुनेछ । प्रतियोगिता मंसिर २८ देखि फागुन ३ गतेसम्म चल्नेछ । टाइसिट ड्र कार्यक्रममा प्रतियाेगिताकाे नियमावली नभएकाे भन्दै मनाङ र च्यासल क्लवले बहिस्कार गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey