लिगकाे नियमावली बिना नै खेल तालिका निकाल्न नमिल्ने भन्दै क्लवका पदाधिकारीकाे बिराेध

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 189 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिगको खेल तालिका नियमावली विना नै टाइसिट ड्र गरेको भन्दै क्लवहरुले आपत्ती जनाएका छन ।

मंसिर २८ गतेबाट हुने ए डिभिजन लिगको खेल तालिका समारोहमा क्लवका पदाधिकारीले आफुलाई लिखित नियमावली नदिएको भन्दै आक्रोस पोखेका हुन । जसमा मनाङ लगायतका पदाधिकारीले लिगको नियमावली नदिइ खेल तालिका सार्वजनिक गर्न नमिल्ने बताए ।

टाइसिट ड्र नियमावली विना नै गर्न उचित नभएको क्लवका पदाधिकारी भनाई थियो । क्लवका पदाधिकारीले पहिले लिखित नियमाली दिएपछिमात्र खेल तालिका निकाल्नु पर्ने बताए ।

यसका साथै उनीहरुले खेल तालिका कहाँ हुने भन्ने खेल स्थल नतोकेकोमा पनि आपत्ति जनाए । साथै उनीहरुले प्रतियोगिताको नियमवाली नभइ खेल तालिका निकाल्नु सहि नभएको बताए । नियमावली बनाएपछि मात्र खेल तालिका बनाउनुपर्ने भन्दै सुझाव दिएका थिए । पदाधिकारीले क्लवहरुसँग विश्वास नभएकाले लिखित रुपमा आउन भनेपनि त्यो गर्दापनि अझै किन नियमावली नआएको भन्दै कुरा उठाए ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले सबै कुरा फाइनल भइसकेको र सुविधाको कुरा मात्र बाँकी रहेको बताए । यसका बारेमा थप कुरा क्लवका पदाधिकारी बसेर कुरा गर्ने बताए । तर क्लवका पदाधिकारीले खेल स्थल नतोकेको भन्दै बढि आपत्ती जनाए । जसमा मनाङका अध्यक्ष छिमी उर्गेन शेर्पा सहित च्यासल पदाधिकारीले कार्यक्रम नै बहिस्कार गरे ।

यसपटकको ए डिभिजन लिगको विजेताले पाउने पुरस्कार राशी अघिल्लो संस्करण भन्दा नघट्ने एन्फाले जनाएको छ । अघिल्लो संस्करणको लिग विजेताले ५० लाख रुपैयाँ पाएको थियो । दोस्रो हुनेले ३५ लाख रुपैयाँ पाएको थियो ।

भिडियाेमा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey