सागका लागि भलिबलकाे नयाँ म्याट तयार (हेराै भिडियाेमा)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०८
  • |
  • 384 पटक हेरिएको

आसन्न दक्षिण एसियाली खेलकुद सागका लागि भलिबल कोर्टमा नयाँ म्याट विछ्याइएको छ ।  ८० लाख रुपैयाँमा यो म्याट ल्याएइको हो ।

नयाँ म्याट आएपछि भलिबल संघलाई पनि अरु प्रतियोगिता गर्न सहज हुनेछ । सागको औपचारिक उद्घाटन भन्दा अगाडी नै भलिबल प्रतियोगिता सुरु हुनेछ । समूह ए मा रहेका नेपाल र भारतसँगै बंगलादेश पनि रहेको छ । यस्तै समूह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

नेपालले समूहको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसंग खेल्नेछ । समुह चरणको अन्तिम खेलमा मंसिर १३ गते भारतसंग खेल्नेछ ।
प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । नेपालले यसपटक पुरूषमा पनि पदकको आशा गरेको छ ।

पुरूष भलिबल बैदेशिक प्रशिक्षणका लागि भारत गएको थियो । जसमा उसले तीन वटा मैत्रीपुर्ण खेल खेलेको थियो । पछिल्लो पटक एभिसी सेन्ट्रल जोनपनि खेलेको नेपाली टिमले नेदरल्याण्ड्सका प्रशिक्षकलाइ सागका लागि बोलाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey