प्रदेशस्तरीय क्वीक्स फुटबल प्रतियोगिता शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०२
  • |
  • 421 पटक हेरिएको

कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय क्वीक्स कप अन्तरविद्यालय छात्रछात्रा राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शङ्कर पण्डितले गर्नुभयो ।

प्रतियोगितामा छात्रतर्फ कैलाली, कञ्चनपुर र डोटी तथा छात्रातर्फ कञ्चनपुर र कैलालीको सहभागिता रहेको आयोजक फुटबल सङ्घका महासचिव रमेशबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिताको उपाधि विजेता टोलीले कर्णाली प्रदेशमा हुने सोही स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

“सुदूरपश्चिम र कर्णाली प्रदेशबाट एउटा टोलीले माथिल्लोस्तरमा सहभागिता जनाउने छ”, महासचिव चन्दले भन्नुभयो, “सहभागी जिल्ला कम भएकाले दुई प्रदेशलाई एउटैमा राखिएको हो ।”

हाल प्रतिस्पर्धाका लागि आएका टोली जिल्लास्तरमा उपाधि विजेता रहेको उहाँले जानकारी दिनुभयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey