प्रतिभा माली सर्बोत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२८
  • |
  • 195 पटक हेरिएको

मुक्तिबाबु रेग्मी (ढाका, बंगलादेश)
एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको च्याम्पियन टोली नेपालबाट प्रतिभा माली प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी चुनिएकी छन् ।

प्रतियोगिताका पाँचै खेलमा सानदार प्रदर्शन गरेकी ओपनर स्पाइकर प्रतिभा व्यक्तिगत बिधामा उत्कृष्ट स्पाइकरसहिमत मोस्ट भ्यालुएबल प्लेयर चुनिइन् ।

राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी लिबेरो सलिना श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट बनेकी छन् । प्रतिभा र सलिना दुवै न्यु डायमन्ड एकेडेमीका उत्पादन हुन् ।

बिधागततर्फ किर्गिस्तनकी मादिना मिर्लिन किजीले उत्कृष्ट सेटर तथा बंगलादेशकी बिथे उत्कृष्ट ब्लकर चुनिएका छन् ।

माल्दिभ्सलाई ३–० को सेटमा हराएर नेपालले एतिहासिक पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो । नेपाल प्रतियोगिताभर अपराजित मात्र होइन एउटा सेट पनि नहारि उपाधि उचाल्न सफल भएको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey