एभीसी सेन्ट्रल जोन नेपाल एक मात्र अपराजित टाेली

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२७
  • |
  • 174 पटक हेरिएको

 

एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पहिलो सेट २५–१४ ले पराजित गरेको नेपालले दोस्रो सेट २५–०५ र तेस्रो सेट २५–१३ ले जितेको हो ।

खेलकाे वुमन अफ दि म्याच नेपालकी सरस्वती चाैधरी घाेषित भइन् ।

दुवै टिमले आजको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका थिए । नेपालले प्रतियोगितामा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा कव्जा जमाउँदा समान खेलबाट माल्दिभ्सले ८ अंक बनाएको थियो । माल्दिभ्सले कीगिस्तानलाई ३–२ को सेटमा पराजित गर्दा अंक बाँडन पुगेको थियो । नेपालले भने अहिलेसम्म चार वटै खेलमा सिधै सेटमा जित हात पारेको छ ।

नेपाल र माल्दिभ्स २ वर्ष पछि भिडेका हुन् । २ वर्ष अघिपनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । माल्दिभ्सलाई पराजित गरेको तत्कालिन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले अहिले पुनः जित निकालेको छ । त्यतिबेला प्रतिभा मालि र सरस्वती चौधरी पनि नेपाली टिममा थिए । नेपाली टिममा अहिले नयाँ र पुराना खेलाडी बराबर छन् भने माल्दिभ्सको खेलाडी अधिकांश उनै खेलाडी रहेका थिए । नेपाल र माल्दिभ्सबिच भोली फाइनल खेल हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey