अफगानिस्तानसँगको खेलमा सरस्वतीलाई आराम दिइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२४
  • |
  • 160 पटक हेरिएको

एभिसी सेन्ट्रल जोन वुमन्स भलिबल प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग खेल्नेछ।

बङ्गलादेशमा हुने अफगानिस्तानसँगको खेलमा नेपालकी मुख्य खेलाडी सरस्वती चौधरीलाई आराम दिइएको छ।

थाइल्याण्डमा भएको अभ्यासमा सरस्वतीको खुट्टामा चोट लागेको थियो । उपाधि दाबेदार मानिएको नेपालले अफगानिस्तानसँग जितको आशा गरेको छ ।

पहिलो दिन घरेलु टोली बंगलादेश र माल्दिभ्सले विजयी शुरुआत गरेका छन् ।
बंगलादेशले अफगानिस्तानलाई सहजै पराजित गर्दा माल्दिभ्सले कीर्गिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

नेपालले २ वर्ष पछि पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दै छ । यसअघि माल्दिभ्स र इरानसँग विश्व छनाेटकाे एशियन रिजनमा भिडेका थिए ।
नेपालले त्यतिबेला माल्दिभ्सलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो । यो प्रतियोगितामा इरानको सहभागीता छैन् । सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तान भिड्दै छन् ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey