डीपीएलमा चौराहाद्वारा महेन्द्रनगर ८ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२०
  • |
  • 146 पटक हेरिएको

चैत्र २०, धनगढी । धनगढी प्रिमियर लिगमा टिम चौराहाले लगातार दोस्रो जित निकालेको छ । आज भएको लिगको तेस्रो खेलमा चौराहाले महेन्द्रनगर युनाईटेडलाई ८‍ विकेटले हराउँदै अङक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

धनगढी स्थित सङघिय इकाइ प्रहरीको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ३१ रन बनायो ।

उसका चार खेलाडीले मात्र दोहोरो अङक छुन सके । सुरुवाती खेलाडीको कमजोर प्रदर्शनका कारण उसले ३० रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

कप्तान विनोद भण्डारीले ११ रन बनाउँदा आशिफ शेख ८ रनमा आउट भए । धनगढीको बलिङ अगाडी सुरुवात देखि नै डगमगाएको महेन्द्रनगरका लागि पुनित महेराले ४० रन बनाउदा भुवन कार्कीले ३२ रनको योगदान गरे ।

यस्तै पुनित विष्टले २४ रन थपे । सातौ विकेटका लागि मेहरा र कार्कीले ५३ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । बलिङ तर्फ धनगढीका ललित भण्डारीले ४ विकेट लिए ।

जवाफमा मध्यम लक्ष्य पक्ष्याएको धनगढीले ४७ रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर अस्फाक अहमेद ३० रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि रोहन मुस्तफा र सुनिल धमलाले ६७ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए ।

रोहनले ३९ रन बनाए भने सुनिल धमलाले अविजीत ४६ रनको योगदान गरे । यस्तै सोनु तामाङले १५ रन थपे ।

बलिङ तर्फ अविनाश कर्ण र पुनित महेराले एक एक विकेट लिए । प्रतियोगितामा महेन्द्नगरको दुई खेलमा पहिलो हार ब्यहोरेको छ ।

प्रतियोगितामा भोली विराटनगर किङस र रुपन्देही च्यालेञ्जर्स तथा सिवाइसी अत्तरीया र काठमाडौ गोल्डेन्स विच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey