सागमा कुन देशले कति खेलमा सहभागिता जनाउने (सूचीसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२२
  • |
  • 407 पटक हेरिएको

आसन्न दक्षिण एसियाली खेलकुद सागमा कुन देशले कुन खेलमा सहभागिता जनाउने भन्ने एकिन भएको छ । जसमा नेपालले मात्र सबै २७ खेलमा भाग लिने भएको छ भने बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउने पक्का भएको छ ।

यसपटकको सागमा प्याराग्लाइडिङ नहुने पक्का भएको छ । किनकी नेपाल बाहेक अरु देशले नखेल्ने भएका छन । कुनैपनि देशले यो विधामा दर्ता गराएका छन ।

नेपाल ओलम्पिक कमिटीमा दर्ता गरिएको खेलको सूचीमा बंगलादेशले प्याराग्लाइडिङ र ट्राइथलनमा नखेल्ने भएको छ । यस्तै श्रीलंकाले बक्सिङ र प्याराग्लाइडिङमा नखेल्ने भएको छ ।

सागमा सबै भन्दा कम खेलमा सहभागिता जनाउने देशमा माल्दिभ्स रहेको छ । उसले ११ खेलमा मात्र भाग लिने भएको छ । यस्तै भारतले १७, पाकिस्तान १८, भुटान १४ खेलमा भाग लिने भएका छन ।

भारतले क्रिकेट, आर्चरी, गल्फ, कराँते, कबड्डी, प्याराग्लाइडिङ, टेबल टेनिस, टेनिस, तेक्वान्दो, रेस्लिङमा नखेल्ने भएको छ ।

यस्तै माल्दिभ्सले आर्चरी, बक्सिङ, साइक्लिङ, फेन्सिङ, गल्फ, जुडो, कराँते, कबड्डी, प्यााग्लाइडिङ, खोखो, स्क्वास, तेक्वान्दो, ट्राइथलन, भारत्तोलन, रेस्लिङ र उसुमा नखेल्ने भएको छ ।

यस्तै पाकिस्तानले आर्चरी, फुटबल, फेन्सिङ, साइक्लिङ, क्रिकेट, जुडो, खोखो, प्याराग्लाइडिङ र ट्रायथलनमा भाग नलिने भएको छ ।

भुटानले फेन्सिङ, साइक्लिङ, खोखो, प्याराग्लाइडिङ र ट्रायथलन,ह्याण्डबल, कबड्डी, पौडी, स्क्वास, टेबलटेनिस, भलिबल, उसु र रेस्लिङमा नखेल्ने भएको छ ।

आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

खेलकाे सहभागिताकाे सूची

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey