यू–१९ महिला क्रिकेट टिमकाे घाेषणा, नेपालकाे पहिलाे खेल थाइल्याण्डसँग

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२०
  • |
  • 203 पटक हेरिएको

चीनको साङघाइमा हुने बी एन्ड आर अन्डर नाइन्टिन महिला क्रिकेट कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपालले आज डली भट्टको कप्तानीमा १४ सदस्यीय टोली सावर्जनिक गरेको छ । जसमा सिनियर टिम बाट खेलिसकेकी कंविता कुंवरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । अन्य खेलाडीमा कृतिका मरासिनी, इश्वरी बिष्ट, यसोदा बिष्ट, रुवि पोदार, राजमती ऐरी, लक्ष्मी सावद, खुशी डंगोल छन् ।

ज्योती दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजबंशी, गोमा आले, र श्रृष्टि पौडेल पनि अन्तिम १४ मा परेका छन् । पेमा लिम्बु शेर्पा , हेलिसा लामा गुरुङ र मनिषा राना बैकल्पिक खेलाडीमा रुपमा छन् । नेपाली टिम कलाम अलीको प्रशिक्षणमा रहेको छ ।


कात्तिक २५ देखी ३० सम्म हुने प्रतियोगितामा नेपाल सहित चीन, साउदी अरेयिबा , मलेसिया, म्यानमार र थाइल्यान्ड सहभागी छन । नेपालले आफ्नो पहिलो खेल २८ गते थाइल्यान्ड संग खेल्नेछ । नेपाली टिम शुक्रबार चीन प्रस्थान गर्नेछ ।

चीन जाने टिम यस्ताे रहेकाे छ ।

जसमा नेपालले पहिलो खेल थाइल्याण्डसँग ११ नोभेम्बरमा खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले १२ नोभेम्बरमा चीनसँग खेल्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey