ओबायाङले २ गाेल गरेपछि स्टाेकविरुद्ध अार्सनलकाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 174 पटक हेरिएको

चैत्र १८ । इग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले स्टोक सिटीलाई तीन शुन्यले पराजित गरेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा पिया एमिरीक ओबायाङले दुई गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा १४ मिनेट भित्र तीन गोल गर्यो ।

७५ औ मिनेटमा एमिरीकले पहिलो गोल गर्दा ८६ औ मिनेटमा ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे ।

त्यसको तीन मिनेटपछि आर्सनलले पेनाल्टी पायो । जसलाई एलेजान्द्रे लाकाजेटीले गोल गर्दै टिमलाई तीन शुन्यको जीत दिलाए ।

जितपछि आर्सनलले ३१ खेलबाट ५१ अंक बनाउँदै शिर्ष चारमा पुग्ने मौका जिवितै राखेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey