नेपाली महिला भलिबल टिम थाइल्याण्डबाट आज फर्कंदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१८
  • |
  • 366 पटक हेरिएको

नेप्लेज, १८ कात्तिक ।  वैदेशिक प्रशिक्षणमा गएको नेपाली महिला भलिबल टिम आज स्वदेश फिर्ता हुने भएको छ ।

नेपाली टिम राति सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद साग र बंगलादेशको ढाकामा हुन लागेको एभीसी सेन्ट्रल जोन वुमन्स सिनियर भलिबलको तयारीका लागि नेपाली टिम थाइल्याण्डको बैंकक गएको थियो ।

बैंकक बसाईका क्रममा नेपाली महिला टिमले सात वटा टिमसँग अभ्यास खेले खेलेको थियो । नेपाल चार खेलमा विजयी भयो भने तीन खेलमा पराजित भएको थियो ।

नेपाली टिम आउँदो विहीबार एभीसी सेन्ट्रल जोन खेल्न बंगलादेश जाने छ । प्रतियोगिता शनिबारदेखि शुरुहुँदै छ । थाइल्याण्डमा  पहिलो खेलमा युनिभर्सिटी टिमलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

त्यसपछि दोस्रो खेलमा पनि नेपाली टिम विजयी भएको थियो । नेपाली टिमले दोस्रो खेलमा बैंकक युनिर्भसिटीलाई पनि ३–१ को सेटमा पाखा लगाएको थियो । तेस्रो खेलमा थाइल्याण्डको यु २३ सँग भिडेको नेपाली टिम उक्त खेलमा भने पराजित भएको थियो । यु २३ सँग ३–० को सेटमा स्तव्ध बनेको थियो ।

चौथो खेलमा जापानको जुनियर टिमसँग प्रतिस्पर्धा गर्दा नेपाली टिम ३–१को सेटमा विजयी भएको थियो । पाँचौ खेलमा नेपाली टिम थाइल्याण्डको युथ टिमसँग ३–० को सेटमा स्तव्ध भएको थियो ।

छैटौं खेलमा थाइल्याण्डको टिमसँग पनि नेपाल ३–० ले स्तव्ध भएको थियो । सातौं खेलमा नेपाली महिला टिमले किंग्स कलेजको टिमसँग खेलेको थियो । जसमा नेपाल ३–० को सेटमा विजयी भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey