बार्सिलोनाका फ्यान विदित रियल मड्रिड ट्रेनिङ क्याम्पमा सिंगापुर जाने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 254 पटक हेरिएको

चैत १८, काठमाडौं । गत जेठमा नेपालमा भएको रियल मड्रिड प्रशिक्षण शिविरमार्फत छानिएका नेपाली किशोर खेलाडी विदित मान तुलाधर पाँच दिने थप प्रशिक्षणका लागि सिंगापुर जाने भएका छन् ।

नेपालमा टे«निङ क्याम्प आयोजना गरेको शुभारम्भ एजुकेशन एण्ड स्पोर्टसले आइतबार विदितको बिदाइ गरेको हो ।

चैत २२ देखि २६ गतेसम्म सिंगापुरमा हुने एशियाली स्तरको प्रशिक्षण शिविरमा पनि उत्कृष्ट बनेमा उनी स्पेनमै गएर रियल मड्रिडको यू–१५ टिमको क्याम्पमा रहने शुभारम्भका प्रवन्ध निर्देशक विजयकुमार खत्रीले जानकारी दिए ।

खेलाडी विदितले भने सिंगापुरको प्रशिक्षणमा राम्रो प्रदर्शन गर्ने योजना रहेको सुनाए ।

रियल मड्रिडको ट्रेनिङ क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने विदित आफू भने रियलकै चीर प्रतिद्वन्द्वी बार्सिलोनाका फ्यान हुन् भने मेस्सी मनपर्ने खेलाडी हुन् । यद्यपी सिंगापुरमा राम्रो प्रदर्शन गरेर स्पेनका लागि छनोट भए रियलकै लागि खेल्ने उनले बताए ।

गत जेठ २२ देखि २६ गतेसम्म काठमाडौंमा चलेको क्याम्पमा ७० बिद्यार्थीले सहभागिता जनाएका थिए । स्पेनबाट आएका रियल मड्रिका दुई प्रशिक्षक ल्याण्डबुरु रोटेला र राफेल पालासियसले ७० मध्येबाट उत्कृष्ट खेलाडीको रुपमा विदितलाई छानेका थिए ।

१५ वर्षीय बिदित काठमाडौंको रोजबर्ड बिद्यालयमा ८ कक्षामा अध्ययनरत छन् । उनले आफ्नो पोजिसन एट्याकिङ मिडफिल्डर भएको बताए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey