बिच भलिबलको साग तयारी श्रीलंकामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१६
  • |
  • 178 पटक हेरिएको

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीलाई नेपाली राष्ट्रिय बिच भलिबल टोली श्रीलंका जाने भएको छ ।

पुरुष टोलीमा सन्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार रहेका छन् ।

महिलामा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला उप्रेती र मनीषा चौधरी छन् । प्रशिक्षकमा सुदेश रिमाल र कौशिला खत्री तथा व्यवस्थपकमा जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् । प्रशिक्षण र अभ्यास खेलपछि टोली नोभेम्बर १३ तारिखमा नेपाल फर्कने छ ।

दुवै टोलीले ५–५ अभ्यास खेल खेल्ने कार्यक्रम रहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey