म्यान्चेष्टर सिटी उपाधिबाट एक जित टाढा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 305 पटक हेरिएको

चैत १८ । इंग्लिस प्रिमियर लिगमा शनिबार राती एभर्टनलाई हराएपछि म्यान्चेष्टर सिटी उपाधिको नजिक पुगेको छ । एभर्टनको मैदानमा ३–१ को जितसँगै सिटी अब प्रिमियर लिग च्याम्पियन बन्नका लागि एक जित टाढा छ ।

अर्को साता घरेलु मैदानमा हुने म्यान्चेष्टर डर्बी म्याचमा जित निकालेको खण्डमा सिटीले छिमेकी प्रतिद्वन्द्वी सामु उपाधि जित्नेछ ।

एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीले पहिलो हाफमा तीन गोल गरेपटि सहज जित सम्भव भएको हो । खेलको चौथो मिनेटमा लेरोई सानेले डेविड सिल्भाको पासलाई भली गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाए । १२ औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटीले आफ्नो अग्रता २–० मा लम्ब्याएको थियो ।

३७औं मिनेटमा डेविड सिल्भाको पासमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई पहिलो हाफ अघि ३–० को अग्रता दिलाए ।
दोस्रो हाफमा एभर्टनका बोलासीले सान्त्वता गोल गरे ।

जितसँगै सिटीले तालिकामा १६ अंकको अग्रता लिएको छ । सिटीको ८४ अंक हुँदा म्यान्चेष्टर युनाइटेड ६८ अंक सहित दोस्रो स्थानमा छ ।

शनिबारको खेलमा म्यान्चेष्टर युनाइटेडले पनि जित हात पारेको थियो । वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले स्वान्सी सिटीलाई २–० ले हरायो । युनाइटेडको जितमा रोमेलु लुकाकु र एलेक्सिस सान्चेजले एक एक गोल गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey