झापाले जित्यो कटारी गोल्डकप, सिजनको पहिलो उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१७
  • |
  • 138 पटक हेरिएको

चैत्र १७, उदयपुर । उदयपुरको कटारीमा सम्पन्न कटारी गोल्डकपको उपाधि झापा ११ ले जितेको छ । फाईनलमा संकटालाई टाईब्रेकरमा ४–२ पराजित गर्दै झापाले उपाधि उचाल्यो ।

उदयपुरको कटारीमा भएको खेलमा झापाले संकटालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हरायो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारीत ९० मिनेट गोलरहित बराबरी भएको थियो ।

टाईब्रेकरमा झापाका लागि कर्ण लिम्बु, विशाल गुरुङ्ग, प्रबेश गुरुङ्ग र विकास थुलुङ्गले गोल गरे भने योगेस गुरुङ्गको प्रहार बाहिरीयो ।

संकटाका हेमन्त थापामगर र विश्व अधिकारीले गोल गर्दा सुजन विकको प्रहार झापाका गोलकिपर अजित गुरुङ्गले बचाए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी झापाका विकाश गुरुङ्ग भए ।

सर्वाधिक गोलकर्ता संकटाका टम्पी अनेष्ट भए भने उत्कृष्ट गोलरक्षक झापाका मनोज प्रधान, उत्कृष्ट डिफेन्स संकटाका सुरज विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारी भए ।

झापाले ५ लाख र उपविजेता संकटाले २ लाख ५१ हजार प्राप्त गर्यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey