बिच भलिबल टिमले श्रीलंकामा वैदेशिक प्रशिक्षण गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१०
  • |
  • 174 पटक हेरिएको

काठमाडौं, १० कात्तिक । सागको तयारीका लागि महिला बिच भलिबल टोली श्रीलंका जाने तयारीमा रहेको छ । सागका लागि चार सदस्यीय टिमको घोषणा गरिएको र वैदेशिक प्रशिक्षणका लागि श्रीलंका जाने तयारीमा रहेको नेपाल भलिबल संघले जनाएको छ ।

संघले पोखरामा बिच भलिबलको कोर्ट निर्माण भइरहेकाले तिहार लगत्तै कम्तिमा १० दिन श्रीलंकामा वैदेशिक प्रशिक्षण गराउने जनाएको छ ।

सागको महिला टिम शनिबार घोषणा गरिएको थियो । यस बिच भलिबलका लागि कोपिला उप्रेती, विनिता बुढाथोकी, नेविका चौधरी र मनिषा चौधरी रहेका छन् । पुरुष विच भलिबल टिमको घोषणा भने असोज २८ गते गरिएको थियो ।

पुरुषतर्फ मान बहादुर श्रेष्ठ, सञ्जु बिक्रम शाह, दिल सुनुवार र राजु विक छन् । बिच भलिबल पोखरमा हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey